‘यदि यहाँ जितेँ भने नेपालमा गएर बिना नियमकानुन बिना काम गरेर समेत मैले अन्तर्राष्ट्रिय मञ्चमा एउटा महत्वपूर्ण अवार्ड जित्न सफल भएँ, भोलि हामीले नीति र कानुनको परिधिमा यो क्षेत्रलाई ल्यायौँ भने अरु धेरै अवसर आउँछन् भनेर नेपालका नीति निर्मातालाई कन्भिन्स गर्न सक्छु, त्यस बेला मेरो आवाज सुनिने सम्भावना पनि बढी हुन्छ। किनभने मेरो एउटा पहिचान बनेको हुन्छ। तर, मैले यहाँ हारेर त्यहि वाक्य बोलेँ भने सुन्ने/पत्याउने कोही हुँदैनन्। त्यसैले नेपाल जस्तो अति कम विकसित मुलुकमा वित्तीय साक्षरता अभिवृद्धिका लागि नियम कानुन बन्न सार्थक प्रयास हुने/नहुने जिम्मा अब तिमीहरुको हातमा छ, यदि मैले जितेँ भने त्यो लबिङ यथार्थपरक बन्न सक्छ। हारेँ भने मेरो प्रयास कमजोर हुन सक्छ।’
http://bizmandu.com/content/-20936.html