वित्तिय साक्षरता अभिबृद्धिका लागि सकृय युवा प्रकाश कोइरालाले चेतना बिस्तारका लागि किताब प्रकाशन गरेका छन्। कोइरालाले लेखेको फिनलिको नामको किताब शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले बिमोजन गरे।

ललितपुरको चापागाउँ स्थित बज्रबाराही माविमा आयोजित बिमोचन कार्यक्रममा लेखक कोइरालाले ग्रामिण नेपाली माझ वित्तिय चेतना अभिबृद्‍धिका लागि किताब लेखेको बताए। किताबमा वित्त ब्याबस्थापनका विभिन्न पाटोहरु जस्तै, लगानी योजना, ऋण, जोखिम न्यूनीकरण, सक्षम उपभोक्ता, बित्तिय अनुशासन जस्ता बिषयलाई कार्टून चित्रको माध्यमबाट बुझाउन खोजिएको छ। किताब साक्षर र निरक्षर दुवैले बुझ्न सक्ने गरि तयार पारिएको लेखक कोइरालाले जानकारी दिए।

 

http://www.bizmandu.com/content/-20217.html

 

 

Leave a Reply